कैलाली, ७ बैशाख ।चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय विक आज कोरोनालाई हराएर घर गएका हुन ।
दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो। अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ।