Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीले गरे तीनकुने क्षेत्रको अवलोकन


    शनिबार, चैत्र १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीले प्रदर्शका क्रममा क्षति पु¥याएको तीनकुने–कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन् । केहीबेरअघि तीनकुने पुगेर उनले अनुगमन गरेका हुन् ।

    शुक्रबार राजवादीले गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको थियो । आन्दोलनकारीहरुले तीनकुनेको एक घरमा आगो लगाएका थिए भने आसपासका क्षेत्रमा कैयौँ घरमा तोडफोड गरेका थिए ।

    केही घरमा पसेर उनीहरूले त्यहाँ रहेका कार्यालयमा तोडफोड र आगजनी समेत गरेका थिए । पेरिसडाँडा, च्यासल र बालकुमारी क्षेत्रमा गाडी तथा मोटरसाइकलमा आगजनी र तोडफोड समेत भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार