Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु


    शुक्रबार, चैत्र १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

    कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

    प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।  त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो ।

    उनी अस्पताल पुर्‍याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार