Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजावादी प्रदर्शनकारीद्वारा एकीकृत समाजवादी कार्यालयमा आगजनी


    शुक्रबार, चैत्र १५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

    निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव हुँदा तीतरवितर भएका प्रदर्शनकारीले नेकपा उरको कार्यालयमा आगजनी गरेका हुन् ।

    यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए । यसैगरी प्रदर्शनकारीले पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । साथै प्रदर्शनकारीहरू पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् ।

    त्यसैगरी प्रदर्शनकारीहरुले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा पनि तोडफोड गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार