Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता: बाबुराम भट्टराई


    बिहिबार, चैत्र १४ २०८१
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • देउखुरी । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन् ।

    आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखा परेका समस्या समाधान हुने बताए । संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उनको भनाइ छ ।

    उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए । ‘रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ’, उनले भने, ‘२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार