काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा पुरस्कार प्राप्त गर्नेको नाम सार्बजनिक गरेको छ ।आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला सो सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कारको घोषणा गरेको हो ।
महासचिव सन्तोष पौडेलका अनुसार नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने सञ्चारकर्मीहरूलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिले जानकारी दिएको छ । जसअन्तर्गत यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको छ ।
त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई प्रदान गरिने भएको छ ।
प्रदेशतर्फ मधेश प्रदेश समिति र उत्कृष्ट जिल्ला समितितर्फ रोल्पालाई, क्रियाशीलतर्फ प्रेस सेन्टरले कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास आर्य ठाकुर, बागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरि जोशी, उपत्यका प्रदेशबाट विनोद दाहाल, एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने भएका छन ।
महासचिव पौडेलका अनुसार १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । जुन महाधिवेशनले संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend