Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए: प्रधानमन्त्री


    बुधबार, चैत्र १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।

    यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार