Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनालाई जितेर विक घर फकिएपछि…


    आइतबार, बैशाख ७ २०७७
    875
    Shares
  • १ मिनेट पाठ
  • धनगढी, ७ बैशाख । चीनबाट फैलिएको कोरोना भाइरसलाई जितरे कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक घर फर्किने भएका छन्।

    उनलाई चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएता पनि उपचारपश्चात शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

    डाक्टर जगदिश जोशीका अनुसार युवकमा कोरोनाको रिपोर्ट २४ घण्टाभित्र लगातार दुई पटक नेगेटिभ आएको हो ।

    ‘उहाँको २४ घण्टाको अन्तरालमा परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आयो, आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ,’ उनले भने।

    मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन्।

    नेपालमा कोरोना लागेर सन्चो भएका उनी चौंथो व्यक्ति हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार