Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिचन्द्रमा फेरि स्ववियु निर्वाचन स्थगित


    बुधबार, चैत्र १३ २०८१
    910
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु निर्वाचन स्थगित भएको छ । ५ चैतमा निर्वाचन हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर, विद्यार्थीको तालाबन्दीका कारण तोकिएको समयमा चुनाव गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ ।

    ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।

    ‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा भनिएको छ ।

    निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि तालाबन्दीका कारण स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा। अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ । त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार