काठमाडौं । पूर्वऊर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनेहरू अन्ततस् पराजित हुने दाबी गरेका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सरकारको उक्त निर्णयविरुद्ध अहिले चौतर्फी विरोध भइरहेको छ।
यसै क्रममा पूर्वऊर्जामन्त्री शर्माले पनि मंगलबार बिहान सामाजिक सञ्जालमार्फत राम्रो काम गर्नेलाई लखेट्ने पात्रहरूले युद्ध जितेको आत्मसन्तुष्टि गरे पनि ती सधैँ पराजित हुने टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु( राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेलावेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरे पनि ती सधैँ पराजित नै हुन्छन्।’
पहिलो कार्यकाल सकिएपछि कुलमान २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। जतिबेला नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल ऊर्जमान्त्री थिइन्।
कुलमानको दोस्रो कार्यकाल २०८२ साउन २४ गते सकिँदै थियो। तर सरकारले त्यसअघि नै उनलाई हटाएको हो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend