Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कुलमानलाई हटाउने निर्णयप्रति काँग्रेसका महामन्त्रीद्वय गगन-विश्वको असन्तुष्टि: ‘सरकारले उल्टो बाटो हिँड्दै छ’


    मंगलबार, चैत्र १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनीहरुले कुलमानलाई पदबाट हटाउने विषयमा काँग्रेस पदाधिकारी तहमा कुनै सहमति नभएको स्पष्ट पारेका छन्।

    “कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमा सजग गराइएको थियो,” शर्माले लेखेका छन्।

    उनले सरकारले कुनै कारबाही आवश्यक भए, त्यो पछि पनि गर्न सकिने बताउँदै केही राम्रा प्रयासहरूलाई छायाँमा पार्ने गरी कुलमान घिसिङलाई हटाउनु गलत भएको बताएका छन्।

    “सरकारको यो निर्णय समयोचित विल्कुलै भएन। असन्तुष्टिलाई निराशाको भासमा पारेर, प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय लिएको छ। यसप्रति खुला र प्रष्ट रूपमा विमति छ,” उनले लेखेका छन्।

    त्यसैगरी महामन्त्री थापाले सरकारको निर्णयका कारण आम नागरिकमा असन्तुष्टि चुलिएको बताउँदै गलत निर्णय सच्याउन आग्रह गरेका छन्।

    “आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन(रात नभनी मेहनत गर्ने, तर सरकार आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्नेरु” उनले लेखेका छन्।

    थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने भए पनि त्यसो नभएको उल्लेख गर्दै सरकारको निर्णयलाई ‘गलत’ ठहर गरेका छन्।

    “निर्णय गलत छ, सरकार१ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,” उनले लेखेका छन्।

    सरकारले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा नराख्ने निर्णय गरेपछि आम नागरिकदेखि राजनीतिक तहसम्म आलोचना भइरहेको छ। घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएपछि उनी जनस्तरमा अत्यधिक लोकप्रिय बनेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार