Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, ७ नेता सहभागी


    सोमबार, चैत्र ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक सुरू भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक केहीबेर अघि सुरु भएको हो ।

    समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका बिषयमा सो छलफल केन्द्रित हुनेछ ।

    सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बसिरहेको हो ।

    संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको हो ।

    बैठकमा नेकपा एमालेका तर्फवाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसवाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीवाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार