Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • जनमत र नाउपा एकता गर्न बनेको कार्यदलको पहिलो बैठक, विधानमाथि छलफल


    सोमबार, चैत्र ११ २०८१
    875
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ ।

    आइतबार साँझ बसेको बैठकमा दुवैतर्फबाट प्रस्तावित विषयमा सामान्य छलफल भएको जनमतका प्रवक्ता एवं कार्यदल सदस्य डा. शरदखसिंह यादवले जानकारी गराए ।

    पार्टी अध्यक्ष, संरक्षक, सह अध्यक्ष, चुनाव चिह्न, छाप लगायतमा मोटामोटी सहमतिउन्मुख भएको यादवले जानकारी दिए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत एकीकरण पछि बन्ने नागरिक जनमत पार्टीमा सोही पदमा रहने गरी छलफल भएको छ ।

    संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् । प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने र चुनाव चिह्न नाउपाको ढकियालाई राखिने भएको छ । ‘केही कुरा टुंगिए जस्तो नै छ । विधानमण्डल नाउपाले गठन गरिसकेको छ । हामीले प्रस्तावित विधान धेरै पानाको छ । उहाँहरुको अलि कम छ । दुवैतर्फको हेरेर त्यसलाई कसरी मर्ज गर्ने बारेमा छलफल अघि बढेको छ,’ जनमत प्रवक्ता यादवले भने ।

    यादवका अनुसार एक साताभित्रै धेरै कुरा टुंगिने गरी छलफल प्रारम्भ भएको छ । दुई दलको एकीकरणका लागि जनमत पार्टी तर्फबाट अब्दुल खान, डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ । नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु रहेको कार्यदल बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार