Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको मधेस जागरण अभियान पुनः स्थगित, काठमाडौं फर्कँदै नेताहरू


    सोमबार, चैत्र ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान फेरि स्थगित भएको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान यसअघि फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो ।

    गत बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको अभियान अहिले चितवन पुगेर सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    आचार्यका अनुसार माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ । त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको हो । उनले नेताहरू आजै काठमाडौं फर्कँदै गरेको बताए ।

    काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिने बताइएको छ । अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको माओवादीले जनाएको छ । अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार