विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले मुलुकको आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणको काममा लगाउनु पर्ने बताएका छन्।
आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले आमसञ्चारले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि काम गर्नुपर्ने बताए। ‘आम जनताले प्रेस चौतारी नेपाल माथि यो आस्था र विश्वास राखेका छन्’, उनले भने।
लोकतन्त्रबाट प्राप्त उपलब्ध अधिकारलाई अहिले कुल्चन प्रयास भइरहेको उनले बताए। यस विषयमा आम नागरिकलाई सचेत गराउन आवश्यक रहेको उनले स्पष्ट पारे। यसले मात्र आम जनतामा लोकतन्त्रप्रति विश्वास जाग्ने उनको धारणा छ।
नेकपा एमाले समाजवादका सम्पूर्ण आधार निर्माण गरेर समृद्ध नेपाल, सुखी नेपालीका आकाङ्क्षा पुरा गर्ने सङ्कल्पका साथ लागेको उनले बताए। यसका लागि प्रेस चौतारी नेपालले निक्कै महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा राईले जोड दिए।
आफू सञ्चार मन्त्री हुँदा श्रमजीवी पत्रकारको हितका पक्षमा धेरै काम गरेको राईले बताए। छोटो अवधिमा पनि नेपालको सूचना र प्रविधिको विकास र पत्रकारिताको विकासमा आफूले धेरै काम गरेको राईले दाबी गरे। यसको पछाडि प्रेस चौतारी नेपालको ठूलो योगदान रहेको उनले स्पष्ट पारे।
मुलुकको गम्भीर परिस्थितिलाई विश्लेषण गर्दै देशका सामु रहेका चुनौती कसरी चिर्न सकिन्छ भन्ने बारेमा प्रेस चौतारी नेपाल सचेततापूर्वक उभिनु पर्ने राईले बताए। आम नागरिकलाई सचेत र संगठित बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend