Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्ववियु चुनाव: पीएन क्याम्पसमा मतदान सकियो, २ हजार ८९७ मत खस्यो


    आइतबार, चैत्र १० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ ।

    क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो ।

    क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण मतदताको संख्या कम भएको हो ।

    ‘विद्यार्थीलाई कार्ड लैजान भनेका थियौं । कार्ड नलगेका कारण मतदाता विद्यार्थीको संख्या कम भएको हो,’ उनले भने ।

    विद्यार्थी प्रतिनिधिसँग बैठक बसेर गणना गरिने उनले बताए । गत ५ चैतमा रोकिएको मतदान आज भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार