Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओलीको कदमविरुद्ध जनतामा जान दाहाल-नेपाल समूहलाई सुझाव  


    बिहिबार, पुष २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै जनतामा जान सुझाव दिएका छन् ।

    बिहीबार काठमाडौंको एक होटलमा नेकपा (दाहाल–नेपाल) समूहले गरेको अन्तरक्रियामा नागरिक अगुवाहरुले जनतामा जाँदा आफ्ना कमीकमजोरीहरु र प्रतिबद्धताहरु खुलस्त रुपमा राख्न पनि सुझाव दिएका छन् ।

    कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समीक्षा गरी गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएरमात्रै आन्दोलनमा जान सुझाव दिएका छन् । गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि बताए । आफू पतन हुँदै लोकतन्त्रलाई पनि पतन गराउने हो की भन्ने खतरा रहेको पनि पहाडीले बताए । यस्तै सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको स्पष्ट हुने पनि बताए ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि दाहालले असंवैधानिक कदमको विरुद्धमा सबै दल एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाव दिए । सबै दल एक भएमात्रै संविधान र लोकतन्त्रको रक्षा गर्न सकिने उनको भनाइ थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार