Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न नेकपा एसको माग


    आइतबार, चैत्र १० २०८१
    720
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलित परिवारमाथिको अत्याचार अन्त्य गर्न माग गरेका छन्।

    सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाउँमा एक दलित परिवार दीपक मलिक (डोम) को घर भत्काएर उठीबास लगाएको घटनाले फेरि एक पटक दलित जनसमुदाय माथिको अर्को अत्याचारको घटनालाई उजागर भएको उनले बताएका हुन्।

    उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिराहा जिल्लाको औरही गाविसमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भर्त्सना गर्दछु । साथै त्यस्ता अन्यायमा परेका जनताका पक्षमा त्यहाँका जनप्रतिनिधिहरू किन खडा हुन सकेनन् रु स्थानीय प्रशासनले ती पीडित परिवारको किन रक्षा गर्न सकेन रु म गम्भीर रूपमा उनीहरूमाथि प्रश्न उठाउन चाहन्छु ।’

    साथै त्यस जिल्लामा रहेको हाम्रो पार्टीका कार्यकर्ताहरू, अन्य सबै उत्पीडनका विरुद्ध रहेका जनसमुदायहरू, राजनीतिक पार्टीहरू, जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र प्रहरीलाई समेत उत्पीडित परिवार र जनताको रक्षाका निम्ति दृढतापूर्वक खडा हुन र अन्याय गर्ने दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल गणतन्त्र घोषित भएको पनि १६ वर्ष पुगेको छ । यस्तो अवस्थामा पनि नेपाली समाजमा दलित जनसमुदायप्रति हिन्दुवादी कट्टरतावादीहरूमा रहेको अत्याचारपूर्ण र अमानवीय भेदभाव एउटा महाकलङ्कका रूपमा रहेको यो अर्को उदाहरण हो । नेपाल कुनै एउटा धर्म विशेषको प्रभुत्व रहेको मुलुक होइन । नेपाल एक बहुधार्मिक मुलुक हो । यहाँ सबै धार्मिक र सामाजिक समूहबिच समानता छ । सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुन्छ र हुनुपर्छ ।’

    नेपाली समाजमा दलितहरूको सङ्ख्या पनि ३० लाखभन्दा बढी रहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले समेत यस्ता सामाजिक कलंकका विरुद्ध दृढ भएर उभिन नसक्नु विडम्बनापूर्ण बनेको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार