Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेपालका यूएई इन्चार्ज पासाङ शेर्पा माओवादीमा प्रवेश


    आइतबार, चैत्र १० २०८१
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संयुक्त अरब इमिरेट्स(यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबईमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष समेत रहेका शेर्पा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिए ।

    उनलाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाललगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार