Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्ववियु चुनाव: पिएन क्याम्पसमा मतदान जारी


    आइतबार, चैत्र १० २०८१
    670
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । पोखराको पृथ्वीनारायण(पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ।

    निर्वाचन अधिकृत प्राध्यापक डा.रामचन्द्र पोखरेलका अनुसार विहान ८ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सकिनेछ। विद्यार्थीहरूले शान्तपूर्वक मतदान गरिरहेको उनले बताए।

    निर्वाचन एकदम शान्तिपूर्ण र सौहार्द रहेको उनले बताए । उनका अनुसार पिएन क्याम्पसमा ९ हजार २७० जना विद्यार्थी अध्यनरत छन्। स्ववियु उम्मेदवार बन्न २८ वर्ष उमेरहद तोकिएको छ। निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणाली गरी मिश्रित प्रणाली अपनाइएको छ।

    चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा मतपत्रमा त्रुटी भएपछि स्थगित भएको थियो। मतपत्रमा अखिल आठौंलाई मतदान गर्ने कोष्ठक मतपत्रमा छुटेपछि निर्वाचन स्थगित गरेर आजका लागि सारिएको थियो।

    पिएन क्याम्पस स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। स्ववियु अध्यक्षका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

    निर्वाचन अधिकृत पोखरेलका अनुसार, अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट छनौट हुनेछ। उपाध्यक्ष, उपसचिव र ८ जना सदस्य समानुपातिक निर्वाचनबाट छनौट हुनेछ। २१ सदस्यीय स्ववियु समितिको अवधी २ वर्ष हुनेछ।

    विगतमा पिएन क्याम्पसका स्ववियु सभापति बनेका विद्यार्थीहरू राज्यका विभिन्न ठाउँमा नेतृत्वदायी भूमिका खेलिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार