काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच बिहीबार भेटवार्ता भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढेका बेला सक्रिय बनेकी चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ ।
नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौंको नक्सालमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड–माधब कुमार नेपालले गरेका छन् ।
नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन् । उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन् ।
आज मात्रै राष्ट्रिय सभाको बैठकमा नेता गौतमले आफू पार्टी एकताको पक्षमा नै रहेको बताएका थिए । अझै पनि पार्टी एकताको पक्षमा रहेकाे र नेता कार्यकर्ताहरुलाईसमेत उनले पार्टी एकताको पक्षमा उभिन अपिल गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend