Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनको बिरोधमा देशभर प्रधानमन्त्री ओलीको पुतला जलाइयो


    बिहिबार, पुष २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युवा–विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा प्रधानमन्त्री केपी ओलीको पुतला जलाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षीय युवा विद्यार्थीहरुले बिहीबार प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

    असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध देशभर पुतला दहन कार्यक्रम राखेको थियो ।
    राजधानीको नयाँबानेश्वर र प्रदर्शनी मार्गमा प्रतिनिधिसभा विघटनविरुद्ध नारावाजीसहित पुत्ला जलाइएको थियो ।

    प्रतिनिधिसभा बिघटनको बिरुद्ध पुतला दहन कार्यक्रममा विद्यार्थी नेताहरु सुदेश पराजुली, आरती लामालगायतले नेतृत्व गरेका थिए । 
    पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि हाल देशभर प्रदर्शन भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार