Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविले उच्च अदालत पाटनबाट भने, ‘गेट रेडी फर रेभुलेसन’


    शुक्रबार, चैत्र ८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् ।

    स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका लामिछानेले देश गम्भिर अवस्थमा रहेको जनाउँदै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् ।

    सञ्चारकर्मीसँग तत्काल बोल्न अस्विकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने, ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडि फर द रेभुलेसन ।’

    उनका अनुसार आफुले अभिब्यक्ति दिन थालेमा नेपाली कांग्रेस र नेकपा एमालेका सरकारलाइ नै अप्ठयारो पर्ने दावी पनि गरेका छन् । उनले केही समय पछि नै आफ्नो बोल्ने पालो आउन लागेको पनि जानकारी दिए ।

    ‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले संक्षिप्तमा थप भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार