काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा शिक्षा मन्त्रालयका पूर्व सचिव मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । सदस्यमा पूर्व शिक्षा सचिव डिल्लीराम रिमाल र आयोगबाटै निवृत्त नन्दकुमारी महर्जनको नाम सिफारिस गरिएको छ । सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा गठन गरेको छनोट समितिले आयोगको अध्यक्षमा मधु रेग्मी, लक्ष्मीराम पौडेल र विनोद केसीको नाम सिफारिस गरेको थियो ।
मन्त्रालयले तीनैजनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पठाउनुपर्नेमा रेग्मीको नाममात्र पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री कृष्णगोपाल श्रेष्ठ ३ जनाको नाम नै मन्त्रिपरिषदमा पठाउने पक्षमा थिए । तर शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीले रेग्मीको नाममात्र सिफारिस गरेर पठाएका छन् । तीन जना पठाएको भए मन्त्रिपरिषदले विकल्पमा अर्को ब्यक्ति नियुक्ति गर्नसक्ने देखेर सचिव मैनालीले रेग्मीको नाममात्र सिफारिस गरेका छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले रेग्मीको नाम सिफारिस गर्ने र उनका बन्धु शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीले उनकोे मात्र नाम सिफारिस गरी नियुक्तिका लागि सिफारिस गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री श्रेष्ठलाई लक्ष्मीराम पौडेल र विनोद केसीलाई बनाउन पार्टीका नेताहरुले अनुरोध गरेका थिए । तर सचिव गोपी मैनालीले प्रधानमन्त्री र मन्त्रीकै भावनाबिपरीत रेग्मीको नाम सिफारिस गरेका छन् । ३ जनाको नाम सिफारिस नगरेकाले मन्त्रिपरिषदले तत्काल रेग्मीको नियुक्ति गर्ने संभावना कम रहेको स्रोत बताउँछ । शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गएको असोज १४ गतेदेखि सकिएपछि आयोग पदाधिकारीविहीन छ ।
लोकसेवाबाट उमेश मैनालीमार्फत् १ नम्बरमा रेग्मीको सिफारिस गराई शिक्षाबाट गोपी मैनालीले उनको नाममात्र मन्त्रिपरिषदमा पठाइएको बिषयले मन्त्री श्रेष्ठ समेत झस्किएका छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा विभिन्न परीक्षामा पटक पटक सेटिङ हुने गरेको समाचार नै सार्वजनिक भइसकेका छन् ।
विज्ञापन नम्बर १७१६७÷०७६–७७ बाट बिबिध सेवा, राजपत्रांकित, प्रथम श्रेणी सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा रिसकेपछि अन्तार्वार्तामा गरिएको सेटिङका बारेमा संचारमाध्यममा सूचना पुगेपछि २०७७ साउन २९ मा रद्द गरिएको छ । सहसचिवको उक्त परीक्षामा सुवास ढकालले सेटिङ गरेका थिए । वायुसेवा निगमले २०७६ जेठ ११ मा लिएको खरिदास्तरको पदमा मिमबहादुर शाहीले आफ्नै छोरीलाई पास गराएको बिषय पनि सार्वजनिक भयो । तर न त सुवास ढकाललाई कारबाही भयो, न त शाहीलाई नै भयो । फौजदारी अपराध गर्ने उनीहरुलाई अध्यक्ष मैनालीले विभागीय कारबाही गर्ने भन्दै सेटिङ ढाकछोप गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend