सोलु, ७ बैशाख । ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।
शनिबार राति १२ बजे प्रहरी चौकी दोर्पुबाट ड्युटीमा खटिएका ३८ वर्षीय हवल्दार देवीप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द इवा लिम्बुका अनुसार एक्कासी छाती र पेट दुखेर उनलाई फाप्लु अस्पताल लगेको हो ।
'राति छाती र पेट दुख्यो भनेपछि अस्पताल लग्यौं,' उनले भने,'बिहान तीन बजे बेहोस हुनुभयो र ४ बजेतिर त अस्पतालले मृत घोषणा गर्यो।'
डाक्टरहरूले उनलाई हृदयघात भएको बताएको लिम्बुले जानकारी दिए।