Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल कमर्स क्याम्पसको सभापतिमा अनेरास्ववियुका रोकाहा विजयी


    बुधबार, चैत्र ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन्।

    रोकाहा एक हजार ५३ मतसहित स्ववियु सभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाएका छन्।

    सचिवमा नेविसंघका ज्ञानु दाहाल ९९४ मतसहित विजयी भएकी छन्। कोषाध्यक्षमा नेविसंघकै सुशील खड्का एक हजार सात मतसहित विजयी भए।

    खसेको कुल दुई हजार २३३ मतमध्ये सदस्य पदका उमेदवार मौसम आचार्यले पपुलर मत एक हजार ९० मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार