मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत आठ जनालाई स्पष्टीकरण सोधेको छ ।
पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेपछि पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हितविपरीत काम गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो ।
मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई स्पष्टीकरण सोधिएको उपनेता टंक आङ्बुहाङले बताए ।
मुख्यमन्त्री राई निकट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलाई भने स्पष्टीकरण सोधिएको छैन । सचेतक सौभाग्य राईद्वारा हस्ताक्षरित पत्र हुलाकबाट पठाएको उपनेता आङ्बुहाङले बताए ।
दलको बैठक बोलाउने संसदीय दलको विधानले प्रमुख सचेतकलाई रहेको तर बैठक उपनेताले बोलाउनु नै विधान विपरीतको कार्य भएको प्रमुख सचेतक राजभण्डारीले बताए ।
पुस १९ गते आफू दिनभरि संसदीय दलको कार्यलयमा बसिरहँदा पनि कोही नआएको अवस्थामा कहाँ बैठक बसेको भनी उनले प्रतिप्रश्न गरे । बैठक नै नबसी कोठे निर्णयका आधारमा एउटा पत्र लेख्दैमा स्पष्टीकरण सोधिन नमिल्ने राजभण्डारीको भनाइ थियो । उनले दलको विधानअनुसार दलको नेता मुख्यमन्त्री राई रहेको बताए ।
प्रचण्ड–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेकामध्ये मुख्यमन्त्री राईले स्पष्टीकरण सोधी जवाफ नदिने १६ जनालाई तीन महिनाका लागि निलम्बन गरिसकेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend