Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने


    बुधबार, पुष २२ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६ ०७७’ पेश गर्ने भएका छन् ।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

    बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

    गत पुस १७ गते शुक्रवारबाट राष्ट्रिय सभाको अधिवेशन शुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार