Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आरआर क्याम्पसमा मध्यराति अनेरास्ववियुको तालाबन्दी


    मंगलबार, चैत्र ५ २०८१
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारी भइरहेका बेला अनेरास्ववियुले सोमबार मध्यराति ताला लगाएको हो ।

    त्रिविका क्याम्पसमा आज स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ । तर, आरआरमा भने क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग छ ।

    यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

    निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएको भन्दै सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार