राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियाकलाप संविधान विपरित भएको टिप्पणी गरेका छन् ।
जनतालाई पुनः रैती बनाउने गरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे । राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले राजावादीहरूले जे गरेका छन्, त्यो संविधान विपरित काम हो । जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित छ । सबै उत्पीडित वर्ग र समुदायको बढी जिम्मेवारी छ ।’ अध्यक्ष प्रचण्डले राजावादीहरूलाई दरबारीया भन्दै अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिए ।
प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउँदै प्रचण्डले राजाहरूले गरेका कार्यहरूबारे अहिलेको पुस्तालाई जानकारी गराउनुपर्ने बेला आएको पनि बताएका छन् । ‘कालरात्रि फर्काउनेतिर हामी कसैले सोच्न हुँदैन । कोत पर्व के थियो, भण्डारखाल पर्व के थियो, नेपालको नक्सालाई संकुचित बनाउने काम कसरी भएको थियो, हिजोका राजा महाराजाले नेपालको बेइज्जत कसरी गराएका थिए, यहीँ कलकत्तामा के भएको थियो, नमिता–सुमिता हत्याकाण्ड के थियो, दरबार हत्याकाण्ड के थियो भन्ने कुरा युवाहरूलाई बुझाउने काम हाम्रो आएको छ,’ प्रचण्डले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताका धेरै अपेक्षा रहेको भए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ थियो । त्यसलाई गम्भीर समीक्षा गरेर जानुपर्नेमा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको प्रचण्डले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षा अब धेरै विकास हुन्छ, अधिकार पनि पाउँछौं भन्ने थियो,’ उनले भने, ‘त्यो अनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको साँचो हो । त्यसको समीक्षा गर्नुपर्छ र उपचारतिर लाग्नुपर्छ भन्नेतिर माओवादी केन्द्र देशमा एक नम्बर पार्टी हो ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend