Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको एमालेको निष्कर्ष


    सोमबार, चैत्र ४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ ।

    पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राजसंस्था र लोकतन्त्रसँगै जान नसक्ने ठहर्‍याएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नभएको भन्दै विशेष प्रस्ताव पारित गरेको उनले सुनाए ।

    उनले भने, ‘अहिले पनि वंशको आधारमा शासन गर्ने बहस आफैँमा हास्यास्पद छ । यो देशको लागि हानीकरक र निरर्थक प्रयास हो । हाम्रो पार्टी संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको पक्षमा उभिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार