Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राजा ल्याउने संघर्ष समितिमा बस्दिनँ: केशरबहादुर विष्ट


    सोमबार, चैत्र ४ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्ने बताएका छन् ।

    राजावादी पक्षधरहरूले आइतबार राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उनले भने, ‘उहाँहरूले समिति बनाउनुभएछ। तर म यो समितिमा बस्दिनँ।’ उनले फागुन १ मा राजालाई झापा बोलाएर राजावादी अभियान थालेकोमा दुर्गा प्रसाईँलाई भने धन्यवाद दिएका छन् ।

    यसका साथै राजावादीहरूले आफ्ना एजेण्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् ।

    संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग उनीहरूको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार