Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इराकमा मृत्यु भएकी सुमिनाको शव नेपाल झिकाउन सांसदको माग


    सोमबार, चैत्र ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वैदेशिक रोजगारीका शिलशिलामा इराकमा मृत्यु भएकी सुमिना तामाङको शव नेपाल झिकाउन गरेका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले इराकमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का तामाङको शव नेपाल ल्याउन कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका हुन् ।

    ‘उहाँका श्रीमानले मृत शरीरलाई नेपाल झिकाउनको लागि निवेदन दिनुभएको छ,’ उनले भने, ‘त्यसैले उहाँको शवलाई नेपाल झिकाउन आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अगाडि बढाउन र क्षतिपूर्ति दिलाउनको लागि सरकारसँग माग गर्दछु ।’

    सांसद डा चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताए । उनले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार