Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा दिंदा राज्यलाई भार नपरोस् भन्नेमा सरकार सजग छ: गृहमन्त्री


    सोमबार, चैत्र ४ २०८१
    1.1K
    Shares
    प्रतिनिधिसभा बैठकमा नेका सांसद लेखक काठमाडौँ, २४ फागुनः सङ्घीय संसद भवन नयाँबानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । तस्बिरः प्रदीपराज वन्त÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसदलाई प्रष्टीकरण दिएका छन् ।

    सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको बताए ।

    सर्वोच्च अदालतले कार्यकारीबाट निर्णय गरेर नभई सेवा सुविधाबारे कानुन बनाउन आदेश दिएको, संसदीय समितिले पनि यसखाले निर्देशन दिएको स्मरण गरे ।

    पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्दा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सजग रहने उनले बताए ।

    कानुन बनाउँदा सार्वजनिक पदहरुको गरिमा र मर्यादा वृद्धि होस् र नागरिक स्वीकार्यता रहोस् भन्नेमा सरकार सचेत रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार