Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्वीर जलाउँदैमा पक्राउ गर्नु उचित होइन: प्रचण्ड


    आइतबार, चैत्र ३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले राप्रपा नेताले आफ्नो तस्वीर जलाएकै आधारमा पक्राउ गर्नु उचित नहुने बताएका हुन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए ।

    हेटौडामा शनिबार भएको एक कार्यक्रममा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्वीर जलाएका थिए । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार