Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सामाजिक सञ्जालमा ‘प्रचण्ड’ परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा उजुरी


    आइतबार, चैत्र ३ २०८१
    1.3K
    Shares
    राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो समय राजसंस्था पुनः स्थापना पक्षधरको निशानामा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट आपत्तिजनक प्रकारका टिप्पणी बढेपछि साइबर ब्युरोमा उजुरी परेको छ ।

    ‘प्रचण्ड’ले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि पछिल्ला तीन दिनयता राजावादीहरूले सामाजिक सञ्जालमा ‘प्रचण्ड’को तीव्र विरोध गरिरहेका छन् ।

    विभिन्न फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर ‘प्रचण्ड’ परिवारको चरित्रहत्या गर्ने खालका सामग्री राख्नेदेखि अत्यन्त आपत्तिजनक कुराहरू समेत पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरो गुहारेका हुन् ।

    ब्युरोका अनुसार वाईसीएल नेपालका केन्द्रीय सचिव हरि ढकालले आपत्तिजनक र घृणित सामग्रीहरू पोष्ट गर्ने आइडीको पहिचान गरी त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित केही साथीले साइबर ब्युरोमा जाहेरी दिएका हुन् ।

    केही आइडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार