Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महान्यायाधीवक्ता कार्यालयले सभामुख सापकोटका तर्फबाट बहस नगर्ने


    बुधबार, पुष २२ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । महान्यायाधीवक्ता कार्यालयले प्रतिनिधिसभा विघटनको बिपक्षमा रहेका सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस नगर्ने भएको छ ।

    महान्यायाधीवक्ता कार्यालयले सरकारको कदमको प्रतिरक्षा गर्नुपर्ने अबस्था रहेको तथा सभामुख त्यसको बिपक्षीमा रहेका कारण बहस नगर्ने भएको हो ।

    सरकारको प्रमुख कानूनी सल्लाहकार समेत रहने महान्यायाधीवक्ताले सरकारकै निर्णयबिरुद्ध बहस नगर्ने भएपछि सभामुखले बाहिरका कानून ब्यबसायीको सहयोग लिन लागेका उनी निकट ब्यक्तिले जानकारी दिएका छन् । 

    प्रतिनिधिसभा विघटन बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखलाई बिपक्षी बनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार