Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन


    बुधबार, पुष २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले संसद विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ । अनेरास्ववियूको केन्द्रीय कमिटीले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको हो ।

    अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे थियाे । बैठकले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम तय गरेकाे हाे ।

    घोषित आन्दोलनका कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार