काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले अदालतलाई दवाव वा प्रभाव पार्ने काम गर्न नहुने बताएका छन् ।
बुधबार सामाजिक संजाल फेसबुक मार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका हुन् । साथै उनले अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुननहुने समेत बताएका छन् ।
अध्यक्ष थापाले समाजिक सञ्जालमा गरेकाे टिप्पणी यस्ताे छ ।
संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्नेछ।अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनुहुन्न। गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्।जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दियो।यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संबैधानिक मान्यता हो।
जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक हो।तर,एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर,सांसद किनबेच गरेर,अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संबिधानको आशय होईन। लोकतान्त्रिक मान्यता पनि होइन।आआफ्नो स्वार्थ अनुकुल संबिधानको व्याख्या गर्नु खतरनाक हुन्छ।
कानुनीरूपमा नेकपा अझै फुटेको छैन।ताजा जनादेश प्राप्त नगरी कंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुन्छ।केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ।संबिधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ।कानुनी तिकडम र अपवित्र गठवन्धनले होईन।
आफ्ना मूलभूत मान्यताहरू नसमेटिएको कारण राप्रपाले यो संबिधानको विपक्षमा मतदान गरेको हो।दुईतिहाइ बहुमतबाट पारित भएपछी प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेका हौं।अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन्। यस अवस्थामा हामी राम!राम! भन्दा बढी केही भन्न सक्दैनौं।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend