Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमा आजबाट निरन्तर सुनुवाइ


    बुधबार, पुष २२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ ।

    प्रतिनिधिसभा विघटनबिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले संवैधानिक इजलास र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत खरेल, ज्ञानेन्द्रराज आरण, अमिता गौतम पौडेललगायतले ६ पुसमा अतिरिक्तमा रिट दिएका थिए । सत्तारूढ दल नेपाल कम्युनिस्ट पा्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ७ पुसमा दिएका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्रश्मशेर जबराले सबै रिटहरुलाई ८ पुसमा आफ्नो एकल इजलासमा राखेर १० पुसमा संवैधानिक इजलासमा तोकेका थिए । संवैधानिक इजलासमा ५ जना न्यायाधीशहरु रहने संवैधानिक प्रावधान छ । जसमा १० जना न्यायाधीशहरुको नाम थियो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट सुनवाई होस् भन्दै हिजो १२ जना निवेदकहरुले निवेदन दिइसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार