Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • इँटको जवाफ पत्थरले दिने राजावादीलाई प्रचण्डको चेतावनी


    शुक्रबार, चैत्र १ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।

    शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । ‘इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार छ,’ प्रचण्डले भनेका छन् ।

    उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे ।

    ‘जुन नौटंकि देखाइँदै छ, राजा महाराजाको बारेमा, राजावादीहरूले देशलाई कहाँ पुर्‍यायो रु,’‘प्रचण्ड’ले भने, ‘आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ रु सुन तस्कर को हो रु नेपाली जनताले बिर्सियो भन्ठानेको रु’

    उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने म आफूलाई रहेको पनि उल्लेख गरे । ‘भाईमारा र देशद्रोहीहरूलाई ठेगान लगाउने मन थियो,’ ‘प्रचण्ड’ले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार