Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्याय प्रणालीमाथिको विश्वास झन बलियो भयो: सांसद कार्की


    बिहिबार, फाल्गुन २९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताएकी छन् ।

    प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको अजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।

    सर्वोच्च अदालतले उक्त मुद्दामा हिजो बुधबार फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय नै बदर गरिदिएको छ ।

    सर्वोच्च अदालतको यस्तो फैसलापछि कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार