Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सातवटै प्रदेशका सभामुखले भेटे प्रधानमन्त्री


    बुधबार, फाल्गुन २८ २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सातवटै प्रदेशसभाका सभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

    सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

    उनीहरुले सरकार र संसद्को कामकारबाहीबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभयो । संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार