Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिको संसद् बैठकमा प्रचण्डले सम्बोधन गर्ने


    सोमबार, फाल्गुन २६ २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले कार्यसूची तय गरेको हो।

    ‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ। भोलिको संसद्‌मा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ। उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,’ एमाले प्रमुख सचेतक महेश बर्तौलो भने।

    आइतबार राजावादीहिरुले काठमाडौंमा पूर्वरमजा ज्ञानेन्द्र शाहको स्वागतमा ठुलो जनप्रदर्शन गरेका थिए पछिल्लो समय राजावादीहरुले सक्रियता बढाएसँगै राजनैतिक दलका नेताहरु आक्रोशित देखिएका छन् । सोही समयमा अध्यक्ष प्रचण्डले संसदमा सम्बोधन गर्न समले लिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार