काठमाडौँ । कोशी प्रदेश सभाका मुख्य विपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिस्कार गर्ने चेतावनी दिएको छ।
प्रधानमन्त्री ओलीले भोली (मंगलबार) कोशी प्रदेश सभालाई सम्बोधन गर्दै छन्। प्रदेश सरकारले आफूहरूसित छलफल नगरेको भन्दै माओवादीले यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधनमा सहभागी नहुने बताएको हो।
‘अहिलेसम्म औपचारिक रूपमा कुनै खबर पनि आएको छैन, छलफल पनि भएको छैन,’ माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘विपक्षी दल सरकारको कारिन्दा होइन। मुख्यमन्त्रीले हामीले उठाएका गम्भीर सवालहरूको जबाफ दिनुभएको छैन। विपक्षी दलका नेताहरूले बोल्दा मुख्यमन्त्री प्रदेश सभामा अनुपस्थित रहने गर्नुभएको छ। हामी चाहिँ सरकारले बोलाउनासाथ लुरुक्क परेर प्रधानमन्त्रीको सम्बोधन सुन्न जाने कुरा हुँदैन। यथास्थितिमा हामी जाँदैनौँ।’
कोशीका सभामुख अम्बरबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली मंगलबार नै पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend