काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिनुभएको हो ।
सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराउनुभयो । “विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न”, मन्त्री गुरुङले भन्नुभयो, “त्यसैले विज्ञसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ ।”
मन्त्री गुरुङले पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन आग्रह गर्नुभयो । बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकार निकायसँग बृहत् छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो ।
सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलोपटक विज्ञापन बोर्ड गठन गरिएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend