Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष


    सोमबार, फाल्गुन २६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

    आज (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    ‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा उनीहरू (राजावादी) आशावादी भएका हुन्,’ सापकोटाले भने ।

    आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतिमा नरमाउन पनि आग्रह गरे ।

    ‘हामीले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेल्दै आएका हौँ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतिमा कोही लागेको छ भने त्यो दिवा सपना मात्रै हुन्छ,’ सापकोटाले भने ।

    जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार