Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकतन्त्रका विरुद्ध गतिविधि गर्न पनि लोकतन्त्रले नै छुट दिएको छ: गृहमन्त्री


    शनिबार, फाल्गुन २४ २०८१
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । अछाम जानेक्रममा नेपाल प्रेस युनियन डोटीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो दाबी बताएका हुन् ।

    ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’ उनले भने, ‘लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’

    लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने बताउँदै गृहमन्त्री लेखकले भने, ‘जनआन्दोलनबाट, क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् । तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ ।’

    उनले लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको बताए । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ । पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न उनले चुनौती समेत दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार