काठमाडौं । नेकपा एमाले मोरङको राजनीतिमा तरंग आएको छ। एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जित हासिल गरेको छ।
भर्खरै आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।
राईले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरेका छन्। उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन्। सचिवमा भण्डारीनिकट सन्तोष वान्तवा विजयी भएका छन्।
उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।
कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ। पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए।
मोरङको एमाले राजनीतिमा ढकाल जुन दिशामा जान्छन्, त्यसैले मोरङको राजनीति सम्हालेको इतिहास छ। एमालेबाट छुट्टिएर समाजवादीमा गएका महेश रेग्मी एक पटक एमालेको मोरङ अध्यक्ष भएका थिए।
ओलीलाई मोरङ एमालेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा डाकिएको थियो। तर, आफ्नो टिम पराजित हुने संकेत देखिएपछि उनी अधिवेशनमा गएनन्। उनले उपाध्यक्ष रामबहादुर थापालाई पठाए।
थापाले अध्यक्ष ओलीको सन्देश सुनाउँदै पार्टीको आन्तरिक निर्वाचनमा चुनाव नगराउने ओलीको सन्देश बाचन गरेका थिए। तर, त्यसविपरीत एमाले मोरङमा दुई समूहले चुनावी प्रतिस्पर्धा गरेका थिए।
ओलीले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा नगराउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा राज्य निकायहरूको भरपुर प्रयोग गरेका थिए। तर, एमालेको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीको कुनै जोड चलेन।
उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन्। थापा विराटनगर र लिम्बू केराबारीका बासिन्दा हुन्। त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन्। थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मतमा सीमित भए।
उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भए। उनले ४ सय ९० मत ल्याए। वान्तवाका प्रतिस्पर्धी इर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए। महिला उपसचिवमा उषा झा निर्वाचित भइन्। उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन्।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए।
पार्टीको जिल्ला नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो। बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरू भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ।
पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको छ, सदस्यहरुको मतगणना जारी छ। सदस्यहरूको मतगणना शनिबार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ। एमाले मोरङमा पाँच पदाधिकारीसहित जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुने छ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend