काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वार्थका लागि प्रतिनिधिसभा बिघटन गरी विशाल नेपाल कम्युनिष्ट पार्टी पनि विभाजन गरे । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कमजोर बनाउन पूर्वमाओवादी केन्द्रका नेताहरुलाई ल्याएर आफ्नो मन्त्रिपरिषदमा राखेका छन् । पूर्वमाओवादीका तर्फबाट गृहमन्त्री भएका रामबहादुर थापाले बादल ओलीलाई नै साथ दिए । उनले आफ्ना सल्लाहकार सूर्य सुवेदी पथिक र आफ्नो टीममा सँगै आएका एक जना पनि ओली समूहमा तान्न सकेनन् ।
डुब्न लागेको बेला सिन्काको सहारा भनेझैं ओलीले भर्ति गरेका पूर्वमाओवादीका मन्त्रीहरुको दैनिकी अहिले प्रचणडलाई गालीगलौज गर्ने रहेको छ । स्वयं प्रधानमन्त्रीले नै उनीहरुलाई गालीगलौज गर्नकै लागि आफ्नो समूहको भेला र बैठकमा पठाउने गरेका छन् । ओलीको प्रतिगमनमा साथ दिएर मन्त्री पदमा रमाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा र मणिचन्द्र थापाको दैनिकी नै केही दिनयता प्रचण्डलाई गाली गर्ने हुँदैआएको छ ।
ओलीका यी मन्त्रीको भाषण सामाजिक संजालमार्फत् सुन्नेहरुले २०६१ ताका राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलका सदस्य श्रीशसमशेर राणा, निक्षशमशेर राणाहरुलाई झलझली सम्झिरहेका छन्. । त्यतिबेला उनीहरु भन्ने गर्थे, महाराजाको कदम ठीक छ, राजनीतिक दलहरुको शासनमा भ्रष्टाचार ब्याप्त भएकाले र देशको अस्तित्व नै संकटमा पर्न लागेकाले श्री ५ ले यो कदम चालिबक्सेको हो ।
यही शैलीमा बादल, रायमाझी, भट्ट र साहले भन्ने गरेका छन्–प्रधानमन्त्रीलाई प्रचण्ड–माधवले काम गर्न दिएनन्, त्यही भएर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गर्नुपरेको हो । हुँदाहुँदा ऊर्जा मन्त्री भएका टोपबहादुर रायमाझीले त लोडसेडिङ नै कुलमान घिसिङले होइन, आफूले हटाएको दाबी गर्न थालेका छन् । यी र यस्ता गालीगलौजका बर्षा ओलीले भर्ति गरेका रायमाझीदेखि थापासम्मले गर्दैआएका छन् । ओली समूहमा रहेका एमाले पृष्ठभूमिका मन्त्रीहरु भन्दा एक कदम अघि बढेर माओवादीका मन्त्रीहरुले प्रचण्ड–नेपाल समूहलाई गाली गर्न थालेका छन् । नयाँ जोगीले खरानी घस्छ भन्ने उखान सायद ओलीका अहिलेका यी मन्त्रीजस्तै पात्रहरुलाई लिएर बनाइएको होला ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend